Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

दीपक मनाङ्गेद्वारा २५ दिनभित्रै दोस्रो पटक मन्त्री पदको शपथ ग्रहण

कास्की । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे)ले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

आज प्रदेश प्रमुख सीताकुमारी पौडेलले मनाङेलाई  युवा तथा खेलकुद मन्त्रीको सपथ खुवाएकी हुन् । यसअघि पनि गत वैशाख १६ गते मनाङे युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए।

वैशाख २६ गते मुख्यमन्त्रीले राजीनामा दिएसँगै ११ दिनमै गुमेको उनको पद २९ गते ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्रीमा बाहाली भएपछि जेठ ५ मा मनाङलाई खेलकुद मन्त्रीमा दोहोर्‍याएका थिए ।

७ मन्त्रालय रहेको गण्डकीमा मनाङ्गेलाई मन्त्री बनाउँदै मन्त्रालयका संख्या ८ पुर्‍याएर मुख्यमन्त्री गुरुङले ११ मन्त्रालय बनाएर मन्त्रीलाई जिम्मेवारी बाँडफाँड गरेका छन् मुख्यमन्त्रीसहित ६ मन्त्रीले अहिले ११ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077