Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • खोप वितरणमा नेपाललाई प्राथमिकता दिन अमेरिकासँग सरकारको आग्रह

    खोप वितरणमा नेपाललाई प्राथमिकता दिन अमेरिकासँग सरकारको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कम विकसित तथा विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको खोप वितरणकाे क्रममा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग आग्रह गरेका छन्।

    सोमबार बिहान अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मनसँग टेलिफोन संवादको क्रममा मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्धको अभियानमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै अबको प्राथमिकता खोपमा दिन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।



    टेलिफोन संवादबारे मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिँदै भनेको छ, ‘अमेरिकाले गरेको सहयोगका कारण कोरोना भाइरसविरुद्धको अभियानलाई बिस्तार गर्न नेपाललाई राम्रो सहयोग पुगेको भन्दै उपविदेशमन्त्री विन्डी मार्फत अमेरिका सरकारप्रति कृतज्ञता व्यक्त गर्नु भयो । साथै उहाँले खोप वितरणमा नेपाललाई प्राथमिकतामा राख्नका लागि पनि आग्रह गर्नु भएको छ।’



    अमेरिकी उपविदेश मन्त्री विन्डीले कोरोना भाइरसको महामारी विरुद्धको अभियानसँगै सामाजिक आर्थिक क्षेत्रको सुधारका लागि अमेरिकाले गर्दै आएको सहयोग थप बढाउनेमा वर्तमान प्रशासन प्रतिवद्ध रहेको उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

    यस्तै ,उनले टेलिफोन संवादको क्रममा अमेरिकी सहयोगमा जारी तथा सुरु हुने क्रममा रहेका परियोजनाहरुप्रति पनि चासो व्यक्त गरेकी छन्। टेलिफोन वार्ताको क्रममा द्विपक्षीय हित तथा आपसी सहयोग–सहकार्यका सम्बन्धमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार