Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सर्वोच्च पुगेर गगनले भने - संविधान बनाउँदा यस्तो अहंकारी प्रधानमन्त्रीको कल्पना थिएन (भिडियो)

काठमाडौँ । विपक्षी गठबन्धन (नेपाली कांग्रेस)का नेता एवं पुर्वमन्त्री गगनकुमार थापाले संविधान बनाउँदा केपी शर्मा ओली जस्ता अहंकारी प्रधानमन्त्रीको कल्पना नै नरहेको बताएका छन्।

आज रिट निवेदन दर्ताका लागि सर्वोच्च अदालत पुगेका थापाले पत्रकारहरु समक्ष ओलीको चर्को आलोचना गर्दै यस्तो बताएका हुन्।

‘यस्तो संविधान विरोधी गैरजिम्मेवार अयोग्य र अहंकारी प्रधानमन्त्री हामीले प्राप्त गरौंला भन्ने कुराको कल्पनै थिएन, थापाले भने, यो दुर्भाग्यपूर्ण हो।

त्यस्तै, नेता थापाले प्रधानमन्त्री ओलीले कांग्रेस प्रचण्डपथमा हिँड्यो भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै भने ‘प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरु टिप्पणीयोग्य पनि छैन, प्रधानमन्त्री बेसुरको हुनुभएको छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077