Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनले अनुदान दिएको अक्सिजन सिलिन्डरमा वन मन्त्रीद्वारा आफ्नै तस्विर टाँसेर वितरण !

काठमाडौं। वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्नै खर्चमा गृहजिल्ला डोटीमा मेडिकल सामग्री पुर्याएका छन् ।

आलेले गृहजिल्लाका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सट्रेटर , ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजरलगायत स्वास्थ्य सामाग्रीहरु पुर्याएका छन् ।

केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिण्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजर मन्त्री आलेले आफ्नो लगानीमा किनेर दिएको उनका सचिवालयका कर्मचारीको दाबी छ ।

आलेले डोटी पुर्याएका सिलिन्डरदेखि औषधीका प्याकेटसम्ममा आफ्नो तस्विर टाँसेका छन् ।

ती मध्ये केही अक्सिजनका सिलिन्डरमा समेत आलेको तस्विर छ ।  उक्त सिलिन्डर केहीदिन अघि चिनियाँ सरकारले नेपाललाई अनुदानमा दिएको थियो ।

गत, वैशाखमा चीन सरकारले नेपाललाई २० हजार सिलिन्डर अक्सिजन दिने घोषणा गरेको थियो । घोषणा अनुसार वैशाख २१ मा २ हजार अक्सिजनको खाली सिलिन्डर नेपाल आएको थियो ।

ती सिलिन्डरमै मन्त्री आलेले आफ्नो तस्विर राखेर गृहजिल्लामा प्रचार गरेका तस्बिरहरु सामाजिक सन्जालमा भाइरल बनेका छन्।

जनता कोरोना महामारीले मृत्युवरण गरिरहँदा अनुदानको सिलिन्डरमा समेत मन्त्री आलेले आफ्नो तस्विर छापेर वितरण गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077