Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री-प्रधान न्यायाधीश भेटबारे बाबुरामको टिप्पणी : लोकतन्त्र मास्ने खेल पूरा नहोस्

काठमाडौँ।  जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्चका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी प्रकरण दोहोरिन नहुने बताएका छन् ।

सोमबार राती प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटलाई लिएर भट्टराईले यस्तो बताएका हुन्।

आज बिहानै अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्ता खालका घटना लोकतन्त्रका लागि अशुभ रहेको भन्दै प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउनु शुभ संकेत नरहेको प्रष्ट पारेका छन्।

उनले लेखेका छन्, 'प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला ळोकतन्त्रकालागि शुभसंकेत हैनन् ! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, त्यो नियम/नजीर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस् !'

https://twitter.com/brb1954/status/1397003678586789888

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077