Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • केन्द्रको निर्णयपछि एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइयो

    केन्द्रको निर्णयपछि एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइयो

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 2.7K
    SHARES

    धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ ।

    मंगलबार आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले संसदीय दलको बैठक बोलाएका हुन् ।



    नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।



    प्रदेशसभामा एमालेको तर्फबाट कुल २५ जना प्रदेशसभा सदस्यमध्ये नेपाल समूहका १८ जना र ओली समूहका ७ जना छन् । तर,बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेमा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार कायमै रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार