Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वैकल्पिक विधिबाट परीक्षा गर्ने त्रिविकाे तयारी, सम्बन्धित सबैलाई सम्पर्कमा आउन आग्रह

    वैकल्पिक विधिबाट परीक्षा गर्ने त्रिविकाे तयारी, सम्बन्धित सबैलाई सम्पर्कमा आउन आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 3.1K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वैकल्पिक पद्दतिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ ।

    आज विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले एक विज्ञप्ति जारी गर्दै रोकिएका परीक्षालाई वैकल्पिक विधिबाट लिन आग्रह गरेका हुन् ।



    विज्ञप्तिमा उपकुलपति प्रा.डा.बास्कोटाले वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु गर्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ-आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्यालयको सम्पर्कमा आउन समेत आग्रह गरे ।



    ‘अहिलेको समयमा स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रहन र यस्तो आक्रान्त परिवेश, विषम परिस्थिति र संवेदनशील घडीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्छु,’ विज्ञप्तिमा भनिएको छ।

    हेर्नुहोस् विज्ञप्ति :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार