Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई गिरिजाबाबुसँग तुलना गरे मुख्यमन्त्री पोखरेलले

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वर्गीय गिरिजाप्रसाद कोइरालासँग तुलना गरेका छन्।

विगतमा गिरीजाको खोजी भएजस्तै भविष्यमा उत्पन्नहुने संकटको समाधानका लागि ओलीको खोजी गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै पोखरेलले तुलना गरेको बताएका छन्।

मंगलबार मध्यान्ह सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले सबै राजनीतिक दल र तिनका नेताहरुलाई प्रधानमन्त्री ओलीबाट शिक्षा लिएर सही बाटोमा हिड्न आग्रह गरेका छन्।

फेसबुकमा उनले लेखेका छन्, 'अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दसक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत थियो ।त्यतिवेला उहाँको तिव्र विरोधसंगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल वन्दै गयो । मुलुक वहुआयामिक द्वन्द्वको शिकार वन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नु पर्यो । अहिले नेपाली राजनीति पुनः त्यहीवाटो हिड्न लागिरहेको भान भइरहेको छ ।

त्यस्तै, 'प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टी भित्र र वाहिरका शक्तिहरु जसरी एक ठाउ उभिएका छन् त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको छैन । वरु प्रमुख नेताहरुको वढ्दो घेरावन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूती वढ्दो छ । आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र वुझिरहेका छन् । अनि यसवाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन् । दलिय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ । त्यस्तो अवस्थामा विगतमा गिरीजाको खोजी भएजस्तै भविष्यमा उत्पन्नहुने संकटको समाधानका लागि केपीशर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ समयमै आफ्नै इतिहासवाट शिक्षा लेउ र सही वाटोमा अघि वढौ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077