Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निशेधाज्ञा : एम्बुलेन्समा गाँजा तस्करी, चालकसहित २ जना पक्राउ

सुनसरी। प्रहरीले निषेधाज्ञाको मौका छोपेर एम्बुलेन्समा गाँजा तस्करी गर्ने एम्बुलेन्स चालकसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका-१५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र सोही उपमहानगरपालिका-११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका-१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन् ।

जिल्लाको धरान उपमहानगरपालिका-२ स्थित सडकबाट को.१ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्समा उक्त गाँजा सहित फेला पारेर पक्राउ गरेको हो ।

उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077