Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • आज २५६५ औँ बुद्ध जयन्ती मनाइँदै

    आज २५६५ औँ बुद्ध जयन्ती मनाइँदै

    अनलाइन नेपाल
  • बुधबार, १२ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । आज २५६५ औँ बुद्ध जयन्ती मनाइँदैछ ।

    हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, मुत्यु बैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँदै छन् ।



    निषेधाज्ञाका कारण चैत्य, गुम्बा, विहार लगायतमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि मात्र पूरा गरिने छ ।



    गएको वर्ष पनि लकडाउनका कारण चैत्य, गुम्बा, विहारलगायतमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।

    लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत ठाउँमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । कोरोनाको जोखिमका कारण अहिले यी ठाउँमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाउने निर्णय भएको छ ।

    सरकारले बुद्धजयन्तीका दिन देशभर सार्वजनिक बिदा दिँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार