Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बुद्ध जयन्तीको अवसरमा माधव नेपालको सन्देश : हेपाहा र कपटीलाई साथी नबनाउनु

    बुद्ध जयन्तीको अवसरमा माधव नेपालको सन्देश : हेपाहा र कपटीलाई साथी नबनाउनु

    अनलाइन नेपाल
  • बुधबार, १२ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले २५६५ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।

    बुधबार बुद्ध जयन्ती एवं उभौली पर्वका अवसरमा शुभकामना दिँदै बुद्धले दिएको सन्देशको पालना गर्नुपर्नेमा जोड दिएका छन् ।



    उच्च नैतिकता, अनुशासन, न्याय र निष्ठा, निरन्तरता, इमान्दारिता, अनुशाशित शैली, पीडितहरुको पक्षधरता आदि बुद्ध दर्शनमा आधारित महत्वपूर्ण मन्त्रहरु रहेको भन्दै  अहिंसा, शान्ति, सत्यता र सरलता सबैभन्दा महत्वपूर्ण दर्शन रहेको नेपालको भनाई छ ।



    ‘कुनै पनि कुरालाई यत्तिकै विश्वास नगर, हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउ, सही बाटो आलम्बन गर र आफ्नो बाटोमा निरन्तर अघि बढिराख जस्ता मार्गदर्शन महत्वपूर्ण छन्,’ उनले भनेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार