Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • २५६७औं बुद्ध जयन्ती आज, विविध कार्यक्रम गरी मनाइँदै

    २५६७औं बुद्ध जयन्ती आज, विविध कार्यक्रम गरी मनाइँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २२ बैशाख २०८०
  • 483
    SHARES

    काठमाडौं । आज विश्वभरका बौद्ध धर्मावलम्बीहरुले २५६७औं बुद्ध जयन्ती मनाउँदै छन् । विश्वभर शान्तिका अग्रदूतका रूपमा परिचित बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी जयन्ती मनाइँदै छ ।

    प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।



    इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।



    बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन्।

    ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो,’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै शुक्रबार देशभर मनाउन लागिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार