Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शक्तिलाई आत्म महिमाका लागि प्रयोग गर्नु हुँदैन : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले सरकारलाई लक्षित गर्दै नेतृत्वको खास अर्थ प्रभावकारी सोच र शक्तिको सदुपयोगमा हुनुपर्नेमा जोड दिएका छन् ।

आज २५६५ औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना ब्यक्त गर्दै नेता थापाले नेतृत्वमा रहेकाहरू नैतिक, दयालु र दृष्टिवान हुनुपर्नेमा जोड दिएका हुन्।

नेतृत्वमा रहेकाहरू नैतिक, दयालु र दृष्टिवान हुनुपर्छ र शक्तिलाई आत्म महिमाका लागि प्रयोग गर्नु हुँदैन, उनले भने, नेतृत्व सम्वन्धी बुद्धका यी अबधारणालाई हामीले मनन र शिरोपर गर्न सकौँ। २५६५ औँ बुद्ध जयन्तीको शुभकामना !

https://twitter.com/thapagk/status/1397464778847686658

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077