Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मिर्गौला पीडितले बाँच्न त प्रधानमन्त्री नै हुनुपर्ने रहेछ : रविन्द्र मिश्र

काठमाडौँ। स्ट्याड्अप कमेडियन आदर्श मिश्रले बुवा बचाउन गरेको संघर्ष, झेलेको झमेला, सहेको पीडा र झारेको आँशु एउटा प्रतिनिधि घटनामात्र हो।

यो देशमा विभिन्न रोगबाट हरेक दिन राज्यको र नीजि भ्रष्टता र अकर्मण्यताका कारण यसैगरि हाम्रा बुबाआमा/दाजुभाइ/दिदीबहिनी जाने गर्छन्।

आदर्शजी, तपाईंको बुवाको बैकुण्ठ वास होस् । तपाईं र परिवारलाई यो पीडा सहने शक्ति मिलोस्। स्वास्थ्य आधारभूत मानव अधिकार हो। त्यसलाई गुणस्तरीय र निशुल्क बनाउनै पर्छ। तपाईंको पीडा रुपान्तरणकारी शक्ति र प्रेरणामा परिणत होस् ! म पनि तपाईंको साथमा छु।

(विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रको फेसबुकबाट )

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077