Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाललाई तत्काल १० लाख डोज खोप उपलब्ध गराउने चीनको घोषणा

काठमाडौँ । चीन सरकारले नेपाललाई अनुदान स्वरुप तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ। केहीबेर अघिमात्र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङलाई फोनमार्फत् खोप उपलब्ध गराउन आग्रह गरेपश्चात् चीनले उक्त घोषणा गरेको हो। चीनले सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउने नेपालका लागि चिनियाँ राजदूत हाओ यान्जीले सामाजिक सञ्जालमार्फत् जानकरी दिएकी छिन्। चीनले नेपाललाई अहिलेसम्म कोरोना भाइरसविरूद्धको ८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने अहिले नेपालमा उक्त खोपको दोस्रो डोज लगाउने क्रम चलिरहेको छ। यसैबीच, राष्ट्रपति भण्डारीले मंगलबार भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्र पठाएर खोपको खरिदमा पहल गरिदिन आग्रह गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077