Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सगरमाथामा भारी हिमपात, आरोहीहरु संकटमा

    सगरमाथामा भारी हिमपात, आरोहीहरु संकटमा

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । सगरमाथामा आधार शिबिरमा आज बिहानैदेखि भारी हिमपात भइरहेको छ । अत्यधिक हिमपातका कारण सगरमाथा आरोही संकटमा परेका छन् ।

    बुधबारदेखि सुरु भएको हिमपातका कारण आरोहण प्रभावित बनेको थियो । कोही आरोहण गरेर आधार शिबिरमा फर्किएका छन् भने कतिपय आरोही दोश्रो शिविरमै रोकिएका छन् ।



    आरोहण गरिसकेका आरोहण कम्पनीका कामदारहरले दोस्रो शिविरदेखि सामान लिएर फर्किन नसकेको सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिए । केही आरोहीहरु फर्किने क्रममा घाइते भएको उनले बताए ।



    उद्धारका लागि हेलिकप्टर मगाए पनि खराब मौसमका कारण लुक्लादेखि हेलिकप्टर त्यहाँ पुग्न सकिरहेको छैन । हिमपात नरोकिए ठूलो दुर्घटना निम्तिने खतरा बढेर गएको छ ।

    मौसमविदहरुले तीन दिनसम्म लगातार वर्षा र हिमपात हुने बताएका छन् । गृह मन्त्रालयले हिमाल आरोहण तत्काल रोक्न निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार