Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश १ मा विपक्षी दलहरुद्वारा बजेट अधिवेशनको माग

    प्रदेश १ मा विपक्षी दलहरुद्वारा बजेट अधिवेशनको माग

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    file photo

    विराटनगर । प्रदेश नं १ मा विपक्षी दलहरुले बजेट अधिवेशन गर्न माग गरेका छन्  ।

    आज विराटनगरस्थित प्रदेश  संसद् सचिवालयमा  आयोजित संयुक्त पत्रकार सम्मेलनमा विपक्षी दलका नेताहरुले आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट अध्यादेशबाट नभई संसद्बाटै ल्याउन माग गरेका हुन् ।



    कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्वबजेट छलफल नै नगरी बजेट ल्याउने तयारी थालेको बताउँदै यही जेठ १६ गतेभित्र पूर्व छलफल गराउनुपर्नेमा जोड दिए ।



    त्यस्तै, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नीति तथा कार्यक्रम नै छल्न अध्यादेशबाट बजेट ल्याउने ध्यानमा प्रदेश सरकार रहेको आरोप लगाए ।

    नेपाली कांग्रेस दलका नेता कोइराला, माओवादी केन्द्र दलका नेता आङ्बो, जनता समाजवादी पार्टी नेपालका नेता जयराम यादव र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दलका नेता विष्णु तुम्बाहाम्फेले संयुक्त विज्ञप्ति पनि प्रकाशन गरी प्रदेश  नीति तथा कार्यक्रम ल्याई संसद्बाटै बजेट ल्याउन जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार