Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोभिड -१९ संक्रमण बढ्दै गएपछि सीमा नाकामा कडाइ

    कोभिड -१९ संक्रमण बढ्दै गएपछि सीमा नाकामा कडाइ

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 3.3K
    SHARES

    पर्सा। दोस्रो चरणको कोभिड -१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ ।

    भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीमानाकामा उच्च सतर्कता अपनाई आवतजावतमा कडाइ गरिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले जानकारी दिए।



    प्रदेश २ को पूर्वी नाका सप्तरीदेखि पश्चिम पर्साको नाकासम्म ४६४ किलोमिटर सीमा क्षेत्र छ । सो सीमानाकामा ७२ बिओपी र ३९ एफओपिका पोष्ट छन् । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने र भारततर्फ जानेलाई कडाइका साथ रोक लगाउन निर्देशन दिइएको डिआजी गौतमले बताए ।



    यस सम्बन्धमा सहयोग गर्न भारतीय समकक्षीसँंग नियमित समन्वय गर्ने गरिएको, जथाभावी नेपाल प्रवेश गर्नेलाई फिर्ता पठाउन लगाइएको जनाइएको छ । त्यस्तै जबर्जस्ती प्रवेश गर्नेलाई कारवाही गरिने, सीमा क्षेत्रको आफैँ स्वयं नियमित निरीक्षण गर्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने, भारतबाट कुनै सामान आउन नदिने जस्ता कार्यगरी सीमा क्षेत्रमा कडाइ गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार