Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतले प्याज निर्यातमा पुन: लगायो प्रतिबन्ध

    भारतले प्याज निर्यातमा पुन: लगायो प्रतिबन्ध

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 753
    SHARES

    काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा पुन: प्रतिबन्ध लगाएको छ ।

    तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो ।



    भारतको वैदेशिक व्यापार महानिर्देशनालयले एक राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मको प्याज निर्यातको कसिलो व्यवस्था तीन महिना थप गरेर मार्च ३१ सम्म पुर्‍याएको जनाएको छ ।



    अक्टोबर ८ मा वैदेशिक व्यापार नीतिमा संशोधन गर्दै भारतले प्याजको निर्यातमा न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ८०० डलर तोकेको थियो ।

    भारतीय बजारमा प्याजको मूल्यमा उल्लेख्य बृद्धि भएको भन्दै स्थानीय बजारमा मूल्यबृद्धि रोक्न भारतले यस्तो निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार