Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाबाट ३६ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री बोकेर जहाज काठमाडौँ आउदै

काठमाडौँ । संयुक्तराज्य अमेरिकास्थित अन्तर्राष्ट्रिय सहयोग संस्था डाइरेक्ट रिलिफले नेपालका लागि पठाएको सहयोग सामग्री आज काठमाडौँ आइपुग्ने भएको छ ।

डाइरेक्ट रिलिफले अहिले ३.०९ मिलियन डलर (३६ करोड रुपैयाँ) बराबरको सहयोग सामग्री पठाएको आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।

अमेरिकाको शिकागोबाट उडेको जहाजमा ८६० अक्सिजन कन्सन्ट्रेटर छन् । साथमा १ भेन्टिलेटर, कोभिड १९ को उपचारका प्रयोग गरिने अत्यावश्यक औषधिहरु तथा पीपीइ किट, मास्क लगायतका अन्यस्वास्थ्य सम्बन्धी उपकरणहरु छन् ।

पठाइएका सामग्रीहरुलाई थ्रिएम, एबभाइ, ब्याक्सटर, बीडी, हिक्मा फार्मास्युटिकल्स, फाइजर, टाकेडा फार्मास्युटिकल्स, टेभा फार्मास्युटिकल्स, टिफी ह्युमानिटेरियन, भियाट्रिस लगायतका कम्पनीहरुले सहयोग गरेको डाइरेक्ट रिलिफले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077