Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • संक्रमित भएपछि पनि कोरोनाविरुद्धको खोप लगाउनेहरु वर्षौंसम्म सुरक्षित

    संक्रमित भएपछि पनि कोरोनाविरुद्धको खोप लगाउनेहरु वर्षौंसम्म सुरक्षित

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । कोरोना भाइरसविरुद्ध शरीरमा कुनै किसिमले एक पटक रोग प्रतिरोधी क्षमता विकास भएपछि त्यो कम्तीमा एक वर्षसम्म प्रभावकारी हुन्छ। तर, कुनै मानिस कोरोना भाइरस एक पटक लागेर त्यसको संक्रमणबाट मुक्त भएको छ र उसले खोप लगायो भने त्यस्तो अवस्थामा विकसित रोग प्रतिरोधी क्षमता जीवनभरी नै पनि प्रभावकारी हुने वैज्ञानिक अनुसन्धानले देखाएको छ।

    यो अनुसन्धानले मानिसको शरीरमा उत्पन्न हुने कोरोना भाइरस विरुद्धको सुरक्षा केही समयलाई मात्र हो कि भन्ने भय अन्त्य गरिदिएको छ।



    अध्ययनले एक पटक कोरोना संक्रमित भइसकेर पर्याप्त प्रतिरोधी क्षमता विकास गरेका र खोप पनि लगाइसकेका मानिसलाई फेरि एक पटक खोप लगाइसकेका मानिसलाई त्यो प्रभाव कायम राख्न फेरि लगाउनुपर्ने खोपको आवश्यकता नपर्ने अनुसन्धानका क्रममा पत्ता लागेको छ ।



    थोरै मात्र प्रतिरोधी क्षमता विकास गरेकामध्ये आक्कल झुक्कल मानिस वा कहिल्यै पनि कोरोना संक्रमित नभइकनै केवल खोप मात्र लगाएका मानिसलाई भने त्यस्तो प्रतिरोधी क्षमता आवश्यक पर्न सक्छ।

    यसबारे हालै दुईवटा अनुसन्धान गरिएको न्युयोर्क टाइम्सले जनाएको छ । यी दुवै अध्ययनका लागि करिब एक वर्ष पहिले कोरोना भाइरसको शिकार भएका मानिसहरुको परीक्षण गरिएको थियो। चाहे संक्रमणबाट होस वा खोपबाट एक पटक मानिसको कोषले भाइरसका बारेमा जुन जानकारी ग्रहण गरेको हुन्छ, त्यो रक्तकोष उत्पादन गर्ने मासीमै कायम हुन पुग्दछ। त्यसपछि आवश्यकता परेको बेला जहिले पनि त्यसले ‘एन्टीबडी’मार्फत् प्रभाव देखाउन सक्ने पत्ता लागेको छ।

    अध्ययनका अनुसार कोषले ग्रहण गर्ने त्यस्तो ‘मेमोरी’को पनि निरन्तर विकास र विस्तार हुने पत्ता लागेको छ । त्यस्तो विकास र विस्तार पहिलोपटक संक्रमणको कम्तीमा १२ महिनासम्म भइरहने देखिएको छ।

    ‘सार्स कोभ २ विरुद्धको भ्याक्सिन वा संक्रमणले शरिरमा पार्ने प्रभावबारे यो यस्तो भरपर्दो खोजी सामुन्ने आएको छ जसले शरीरमा विकास भएको रोग प्रतिरोधी क्षमता लामो समयसम्म बाँचिरहन्छ भन्ने देखाएको छ ।

    वर्षेनी लाग्ने सामान्य रुघाखोकीका मामलालाई दाँज्दै त्यसमा जसरी विकास भएको रोग प्रतिरोधीले काम नगरेर फेरि रुघाखोकी लागेजस्तै अहिलेको कोरोना भाइरसका हकमा पनि प्रतिरोधी क्षमताले लामो समय काम नगर्ला कि भनेर चिन्ता प्रकट गरिरहेका मनहरुलाई यो अध्ययनले थोरै मनोबल बढाएको छ।

    ‘ती सामान्य रुघाखोकीका भाइरसहरु पनि केहि वर्षको अन्तरालमा उत्परिवर्तित भइरहेका हुन्छन् । फेरि फेरि लाग्ने सामान्य रुघाखोकीका पछाडि रोग प्रतिरोधीले काम नगर्ने भन्दा पनि भाइरसका थुप्रै फरक प्रजाति कारक हुनसक्ने अनुसन्धानबाट खुलेको छ ।

    अझ कोही मानिस एकपटक सार्स कोभ टुको भाइरसबाट संक्रमित भएपछि उसको शरिरमा जुन रोग प्रतिरोधी कोष तयार हुन्छ, त्यसलाई अझ प्रबल तुल्याउन भ्याक्सिन पनि लगाइसकेपछि त त्यस्तो प्रतिरोधी क्षमता बोकेको मानिसले भाइरसका थुप्रै प्रजातिलाई परास्त गर्नसक्ने हुन्छ।

    यस्तो प्रतिरोधी क्षमता केवल खोप मात्र लगाएका मानिसहरुको हकमा चाहिँ देखा नपर्न पनि सक्छ। प्राकृतिक रुपले नै संक्रमण बेहोरेका मानिस र खोप मात्र लगाएका मानिसमा ‘इम्युन मेमोरी’ले फरक रुपमा काम गर्ने हुनसक्छ।

    हाल देखिएको कोरोना भाइरसमा यस्तो ‘मेमोरी’ बोकेका कोषबारे अध्ययन गर्नका लागि सेन्ट लुइसस्थित वासिंगटन विश्वविद्यालयका अध्येता अली एलीबेडी नेतृत्वको टोलीले ७७ जना मानिसको रगतमा परीक्षणै गरेको थियो। ती मानिसमा कोरोना भाइरसको संक्रमण भएपछि तीन महिनाको अन्तरालसम्म परीक्षण भएको थियो।

    ती ७७ जना मानिसमध्ये केवल ६ जना मात्र अस्पतालमा भर्ना गर्नुपरेको थियो। बाँकीका हकमा भने कोभिड १९ का सामान्य लक्षण मात्र देखिएको थियो।

    यी मानिसहरुमा संक्रमणको चार महिनापछि ‘एन्टीबडी’को मात्रा ह्वात्तै घटेको पाइयो। त्यसपछिका केही महिना पनि लगातार घट्ने क्रम रोकिएको थिएन। यो परिणामले अन्य अध्ययनहरुलाई पनि सघाएको देखिन्छ।

    एकपटक संक्रमित भइसकेका वा भ्याक्सिन लगाएकाहरुमा विकसित रोग प्रतिरोधी महत्वपूर्ण कोषहरु मानिसको रक्तकोष उत्पादन गर्ने मासी ९बोन म्यारो० मा रहिरहने वैज्ञानिकहरुले पत्ता लगाएका छन्

    केही वैज्ञानिकहरुले यसरी ‘एन्टी बडी’ घट्नुलाई रोग प्रतिरोधी क्षमतामा कमी आउनु हो भनेर पनि अर्थ्याएका छन्। तर, अन्य विज्ञहरुले भने यो त झनै सोचिएको जस्तै परिणाम देखापरेको दाबी गरेका छन्।

    शरीरले बेहोरेका सबैजसो रोग विरोधी ‘एन्टी बडी’लाई रगतले आफूमा थुपार्दै लैजाने हो भने त्यसको रासै लाग्नेछ। बरु संक्रमणपछि रगतमा ‘एन्टीबडी’को मात्रा तीब्र गतिमा घट्ने नै हो र अर्कोतर्फ कोषमा रहने ‘मेमोरी’ चाहिँ मासीमा गएर आवश्यक परेको बेला फेरि आक्रमणका निम्ति तयार रहन संचित अवस्थामा बसिरहने गर्छ।

    संक्रमित भएपछि मोटामोटी सात महिना बिताएका १९ जना मानिसको बोन म्यारोको पनि परीक्षण गरेका थिए। तीमध्ये १५ जनाको बोन म्यारोमा त्यस्तो ‘मेमोरी’ बोकेका कोष भेटिएको थियो। चार जनामा भने भेटिएन । केही मानिसका कोषले एकदमै कम वा त्यस्तो ‘मेमोरी’ नबोक्ने गरेकोतर्फ संकेत गरेको छ।

    अध्ययन अनुसार एकपटक कोरोना भएर निको भइसकेका मानिसलाई त्यसपछि थप खोप लगाइदिने हो भने त्यसले अहिलेसम्म देखिएका र आउने दिनमा पनि देखिनसक्ने प्रजातिका भाइरसहरुबाट जोगाउन निकै मद्दत गर्ने देखिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार