Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • हराएको खोप खोजी गर्न गठित समितिले बुझायो प्रतिवेदन, खोप नहराएको निष्कर्ष

    हराएको खोप खोजी गर्न गठित समितिले बुझायो प्रतिवेदन, खोप नहराएको निष्कर्ष

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोनाविरुद्धको २४ लाख मात्रा खोप हराएको विषयमा छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ ।

    समिति संयोजक डा. गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाउँदै बाहिर आएजस्तो खोप हराएको विषयमा सत्यता नभएको जनाएको छ ।



    समितिका एक सदस्यका अनुसार, खोप हराएको नभई रेकर्ड नराखिएको हो । धेरै स्थानबाट खोप लगाए पनि त्यसको तथ्याङ्क राख्न ढिलाइ हुँदा हराएको प्रचार भएको उनको भनाइ छ ।



    मन्त्री खतिवडाले खोप छानबिन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाएको जानकारी गराए । उनले प्रतिवेदन बुझेको जानकारी दिँदै प्रतिवेदनमा के छ भनेर आफूले पनि हेर्न नपाएको बताए ।

    मन्त्री खतिवडाले भने, “मङ्गलबार सचिवलाई प्रतिवेदन दिने र केही दिनभित्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिनेछ ।” आफूले प्रतिवेदन बुझे पनि अध्ययन गर्न भने नपाएको उनको भनाइ छ । गोरखापत्र पत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार