Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने सरकारको तयारी

    बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने सरकारको तयारी

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ ।

    त्यसका लागि उक्त उमेर समूहका बालबालिकाका लागि लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रिया अगाडि बढाइएको छ ।



    कोरोना संक्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया शुरू गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।



    हाल नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना तथा फाइजर खोप दिइएको छ । यी दुवै खोप अमेरिकाले उत्पादन गरेका हुन् । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार