Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्वास्थ्यकर्मीमाथि गरिएको आक्रमणको देउवा र प्रचण्डद्वारा निन्दा

काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निन्दा गरेका छन्।

देउवा र प्रचण्डले सो घट्नाको सामाजिक सञ्जालमा निन्दा गर्दै घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नलाई कडा कारबाहीको माग गरेका छन्।

यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरू बिरामीको उपचारमा दिनरात खटेका छन्। स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दछु। देउवाले भनेका छन् ।

यस्तै स्वास्थ्यकर्मीमाथि भएको कुटपिटप्रति माओवादी केन्द्रको ध्यानाकर्षण भएको प्रचण्डले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

‘नेपालगन्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ, हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरियोस् भनी माग पनि गर्दछ।’ प्रचण्डले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077