Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भेरी अस्पताल घटनामा संलग्न दोषीमाथि कारवाही गर्ने मुख्यमन्त्री पोखरेलको प्रतिबद्दता

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँके जिल्लाको भेरी अस्पतालमा भएको घटनामा दोषीमाथि कारवाही हुने प्रतिबद्दता जनाएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले सो प्रतिवद्धता जनाउदै निस्पक्ष छानविनगरी दोषीमाथि कार्वाही हुने प्रतिबद्दता जनाएका हुन्।

ट्वीटरमा उनले लेखेका छन्, भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गंभीर ध्यानाकर्षण भएको छ । निस्पक्ष छानविनगरी दोषीमाथि कार्वाही हुनेछ ।

https://twitter.com/shankarpokhrel8/status/1398140072516411392

बिहीबार बेलुकी आफन्तको मृत्युपछि डाक्टर र नर्समाथि ४/५ जनाको समूहले कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए । उनीहरूले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए ।

प्रहरीका अनुसार उक्त घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेका छन्। रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077