Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भेरी अस्पताल घटनामा संलग्न दोषीमाथि कारवाही गर्ने मुख्यमन्त्री पोखरेलको प्रतिबद्दता

    भेरी अस्पताल घटनामा संलग्न दोषीमाथि कारवाही गर्ने मुख्यमन्त्री पोखरेलको प्रतिबद्दता

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँके जिल्लाको भेरी अस्पतालमा भएको घटनामा दोषीमाथि कारवाही हुने प्रतिबद्दता जनाएका छन् ।

    आज बिहान सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले सो प्रतिवद्धता जनाउदै निस्पक्ष छानविनगरी दोषीमाथि कार्वाही हुने प्रतिबद्दता जनाएका हुन्।



    ट्वीटरमा उनले लेखेका छन्, भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गंभीर ध्यानाकर्षण भएको छ । निस्पक्ष छानविनगरी दोषीमाथि कार्वाही हुनेछ ।



    बिहीबार बेलुकी आफन्तको मृत्युपछि डाक्टर र नर्समाथि ४/५ जनाको समूहले कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए । उनीहरूले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए ।

    प्रहरीका अनुसार उक्त घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेका छन्। रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार