Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कडा कारवाहीको माग

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्ने समूहलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ ।

आज मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ आफ्नो पेशागत धर्म निभाउने वातावरण बनाईदिन आग्रह गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसरी कहीँकतै कसैले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि गर्ने उच्छृङ्खल,गैरकानुनी अमानवीय गतिविधिहरुमा शुन्य सहनशीलता राखी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यसंहिता ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन २०६६ आदि अनुसार कडाभन्दा कडा कारवाहीको प्रवन्ध गरिदिनु हुन सम्वन्धित सवैमा अनुरोध छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077