Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चिकित्सक संघद्वारा ‘ब्ल्याक डे’ घोषणा गर्न माग

काठमाडौँ। नेपाल चिकित्सक संघले बाँकेस्थित भेरी अस्पतालमा बिहीबार राति स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनालाई ‘ब्ल्याक डे’ घोषणा गर्न माग गरेको छ।

आज उक्त घटनाको बिषयलाई लिएर संघले एक विज्ञप्ति जारी गर्दै कोभिड महामारीमा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीको पछिल्लो घटनाले आत्मबल कमजोर बनाउने काम गरेको भन्दै दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न र स्वास्थ्यकर्मीको सुरक्षाको प्रबन्ध गर्न पनि आग्रह गरिएको छ।

संघले सो घटनालाई राष्ट्रिय मानव अधिकार आयोगले पनि स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर ध्यान दिन आग्रह गरेको छ। उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले चिकित्सक तथा नर्समाथि हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077