Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विवेकशील साझाका नेता उज्ज्वल थापा भेन्टिलेटरमा, स्वास्थ्य स्थिति झनै जटिल

    विवेकशील साझाका नेता उज्ज्वल थापा भेन्टिलेटरमा, स्वास्थ्य स्थिति झनै जटिल

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 2.9K
    SHARES

    काठमाडौँ । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको कोरोना संक्रमणका कारण स्वास्थ्य स्थिति झनै जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ।

    सुरुमा कोरोना संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका नेता थापालाई ह्याम्पसबाट ग्राण्डीहुँदै आज नेपाल मेडिसिटी अस्पतालमा लगिएको पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिए ।



    ‘उहाँको फोक्सोमा समस्या देखिएको छ, संयोजक पाण्डेले भने, ‘उहाँको थप उपचार इक्मो प्रविधिबाट गर्नुपर्ने भयो, यो मेडिसिटीमा मात्र भएकाले रेफर गरिएको हो । यो जटिल अवस्थामा गरिन्छ ।’



    संयोजक पाण्डेका अनुसार उनलाई इक्मोको उपचार गर्नु पर्ने भएको छ र २५-३० लाख लाग्ने डाक्टरले बताएका छन्।  परिवारले आर्थिक तनाव लिनु नपरोस् भने साथीहरु मिलेर आर्थिक सहयोगको आह्वान समेत गरेको उनको भनाइ छ।

    यसअघि २९ असोज २०७६ अघिसम्म थापा विवेकशील नेपाली दलको अध्यक्ष थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार