Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • विवेकशील साझाद्धारा घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

    विवेकशील साझाद्धारा घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • मंगलबार, ८ कार्तिक २०७९
  • 1K
    SHARES

    काठमाडौं । समीक्षा बाँस्कोटाको नेतृत्वमा रहेको विवेकशील साझा पार्टीले मंगलबार आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ।

    पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाट चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको हो ।१३ बुँदेमा समेटिएको २ पन्ने प्रतिबद्धतामा राइट टु रिकल र राइट टु रिजेक्टसम्मका विषय समेटिएका छन् ।



    यस्तै नोट चल्ने तर भोट नचल्ने अवस्थाको अन्त्य गर्दै विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्ने र भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्नेलगायतको व्यवस्था गरिएको छ ।



    प्रतिबद्धतामा जीवन उपयोगी, गुणस्तरीय, संविधान प्रदत्त निःशुल्क शिक्षा प्रदान गर्ने, निःशुल्क स्वास्थ्य सेवा, स्वायत्त र अधिकार सम्पन्न सम्पत्ति शुद्धीकरण विभाग बनाउने विषय पनि समेटिएको छ ।

    अध्यक्ष बाँस्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भएपनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको बताइन् ।

    उनले पार्टीले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पार्टीलाई जिताउन सहयोग गर्ने अपेक्षा राखेको बताइन् ।

    हेर्नुहोस् विवेकशील साझाले सार्वजनिक गरेको चुनावी घोषणा पत्रको पूर्णपाठ :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार