Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • बाँकेका सीडीओलाई उपप्रधानमन्त्रीको फोन, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन

    बाँकेका सीडीओलाई उपप्रधानमन्त्रीको फोन, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ)शिवराम गेलाललाई आज टेलिफोन गर्दै भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन् ।

    उपप्रधानमन्त्री पोखरेलले कोरोना महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन सीडीओ गेलाललाई निर्देशन दिएका हुन् ।



    साथै उक्त घटनाको सम्बन्धमा छानबिन समिति गठन भएको छ भने तीन जना पक्राउ परिसकेका छन् । जसमा दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावत रहेका छन्।



    पक्राउ परेका उनीहरुमाथि ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गराएर आवश्यक अनुसन्धान जारी गरिएको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार