Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतमा तेस्रो चरणको महामारीको खतरा, १ करोड खोप किन्न दिल्ली सरकारद्वारा टेन्डर आह्वान

एजेन्सी। भारतको दिल्ली प्रदेश सरकारले कोरोनाभाइरस विरुद्धको एक करोड खोप किन्नका लागि टेन्डर आह्वान गरेको छ ।

देशको केन्द्रीय राजधानीसमेत पर्ने दिल्ली सरकारले आपतकालिन “ग्लोवल टेन्टर” आह्वान गरेको अधिकारीहरुले जनाएका छन् ।

जनरल स्वास्थ्य सेवा निर्देशनालयद्वारा प्रकाशित बोलपत्रमा आगामी जुन ७ गते बेलुका ५ बजेसम्म बोलपत्रका लागि फाराम भर्न सकिने समयावधि तोकिएको छ ।

भारत सरकारको आधिकारीक निकायले प्रयोगका लागि अनुमति दिएको खोप मात्रै खरिद गर्नु पर्ने टेन्डरमा उल्लेख गरिएको छ । टेन्डर इमेलमार्फत् भर्न सकिने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण हुन नसकेको र फेरि तेस्रो चरणको महामारी फैलिने खतरा रहेकाले खोप खरिदलाई प्राथमिकता दिइएको प्रदेश सरकारले जनाएको छ ।

दिल्ली सरकारका अनुसार अहिले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुलाई दुई लाख ६५ हजार १० कोभिसिल्ड खोप उपलब्ध गराइएको छ । त्यस बाहेक दिल्लीका अरु ५२ लाख ६४ हजार २३२ खोप प्रयोग भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077