Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सिरहामा रक्सी चोरेको आरोपमा असईसहित ३ प्रहरी निलम्बित

    सिरहामा रक्सी चोरेको आरोपमा असईसहित ३ प्रहरी निलम्बित

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 3.3K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । प्रदेश नं २ को सिरहामा तीन जना प्रहरी निलम्बनमा परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिरहा मातहत रहेको ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको हो ।



    ड्युटीमा खटिएका प्रहरी कर्मचारीले मदिरा पसलबाट रक्सी (भोड्का) लिएर गएको खुलेपछि आजैबाट लागू हुने गरी तीन जना प्रहरीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



    निलम्बनमा पर्नेमा ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरी कार्यालयका अनुसार उनीहरुलाई प्रहरी नियमावली २०७१ अन्तर्गत निलम्बन गरेको हो ।

    असई ठाकुरसहितको टोली गत जेठ ९ गते आइतबार राति १० बजे लहान नगरपालिका वडा नम्वर २३ गढिया चोकमा खटिएको थियो । निषेधाज्ञाको कार्यान्वयन गराउन खटिएको उक्त टोलीले आसपासका पसल बन्द गराएको थियो ।

    सोही क्रममा पुजा मदिरा होटल (एस के मदिरा)मा केही व्यक्तिहरू होहल्ला गरिरहेका थिए । प्रहरीले होहल्ला गर्नेहरूलाई नियन्त्रणमा लिएको थियो भने पसलका सञ्चालक भने फरार भएका थिए ।

    पसल सञ्चालक भागेपछि पसलमा कोही नभएको मौका छोपेर असई ठाकुरलगायतले पसलबाट केही भोड्का रक्सी लिएर गएका थिए । प्रहरीहरूले रक्सी लिइरहेको भिडिओ सामाजिक सञ्जालमा सेयर भएको थियो ।

    भिडिओ सेयर भएपछि प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेको थियो । अहिले उनीहरूलाई निलम्बन गरेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार