Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पोखरा–जोमसोम उडान गर्ने समिट एयरका दुई पाइलट निलम्बित

    पोखरा–जोमसोम उडान गर्ने समिट एयरका दुई पाइलट निलम्बित

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 699
    SHARES

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले पोखरा-जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ।

    प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै मंगलबार समिट एयरका पाइलट र को-पाइलटलाई निलम्बन गरेको हो।



    उनीहरूलाई अर्को आदेश नभएसम्मको लागि निलम्बन गरिएको स्रोतले जनाएको छ । भीएफआरमा बादलभित्र उडान गर्ने दुई पाइलटलाई निलम्बन गरेको कुरा भने गोप्य राखेको छ ।



    तर, यसबारे छानबिन गरिरहेको प्राधिकरणले जनाएको छ।

    भिएफआर (ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान) मा बादलभित्र पस्दा भिजिविलिटी कम हुन्छ। अगाडिको दृश्य देखिँदैन। त्यसले गर्दा जहाज दुर्घटना हुने जोखिम बढी हुने गर्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार