Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्राधिकरणले भन्यो – उद्धार उडानमा बन्देज गरिएको छैन

    प्राधिकरणले भन्यो – उद्धार उडानमा बन्देज गरिएको छैन

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 495
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उद्धार उडानका लागि कुनै बन्देज नगरिएको स्पष्ट पारेको छ । प्राधिकरणले हालै दुर्गम क्षेत्रका विमानस्थलमा ‘अपरेसन आवर’भित्र मात्र एयरलाइन्सले उडान गर्न पाउने निर्णय गरेको थियो ।

    मनसुनमा सम्भावित हवाई दुर्घटनालाई मध्यनजर गर्दै उडान सुरक्षार्थ प्राधिकरणले उडानमा कडाइ गरेको थियो । प्राधिकरणको उक्त निर्णयको आलोचना भएको थियो ।



    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मनसुन अवधिका लागि अपरेसन आवरभित्र मात्र उडान गर्ने गरी निर्णय भएको र मौसमअनुकूल उद्धार उडानमा कुनै बन्देज नगरिएको स्पष्ट पारे ।



    “दुर्गम क्षेत्रको व्यावसायिक उडानमा मात्रै अपरेसन आवर लागु गरिएको हो । उद्धार उडानका लागि बन्दैज छैन, मौसमअनुकूल इनरुट वेदर हेरेर एयरलाइन्सले यस्तो उडान गर्न सक्नेछन्,” प्राधिकरणका प्रवक्ता निरौलाले भने ।

    मौसम प्रतिकूल हुँदा उडानमा समस्या भएको र यस्तो समयमा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै अपरेसन आवरमा मात्र उडान गर्न प्राधिकरणले आन्तरिक उडानका एयरलाइन्सलाई सर्कुलर गरेको थियो ।

    प्राधिकरणका अनुसार सामान्यतः दुर्गम क्षेत्रका विमानस्थलमा बिहान ६ः३० देखि मध्याह्न १२ः३० को समयावधिलाई अपरेसन आवर मानिन्छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार