Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उडान सुरक्षित बनाउन ५ नयाँ नियम लागू, तीन प्रकारका हेलिकप्टर उडानमा रोक

    उडान सुरक्षित बनाउन ५ नयाँ नियम लागू, तीन प्रकारका हेलिकप्टर उडानमा रोक

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 993
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान सुरक्षित बनाउन नयाँ नियम ल्याएको छ । हेलिकप्टर दुर्घटनाका कारण नेपालको आकाश असुरक्षित रहेको सन्देश जाने भन्दै प्राधिकरणले यसमा कडाइ गर्न नयाँ नियम ल्याएको हो ।

    हेलिकप्टर उडान थप सुरक्षित, व्यवस्थित र भरपर्दो बनाएर हवाई यातायातलाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले पाँच नयाँ नियम ल्याएको प्राधिकरणले जनाएको छ ।



    प्राधिकरणले आगामी सेप्टेम्बरसम्मका लागि तीन प्रकारका हेलिकप्टर उडानमा रोक लगाएको छ । प्राधिकरणको नयाँ नियमअनुसार चालु मनसुन अवधि सेप्टेम्बरसम्म विशेष प्रकृतिको हेलिकप्टर उडानः माउन्टेन, सिलिङ तथा पुष्पवृष्टि सञ्चालन निषेध हुनेछ ।



    गत मंगलबार माउन्टेन फ्लाइटका लागि सोलुखुम्बु गएका ५ विदेशी पर्यटकसहित ६ जनाको ज्यान जाने गरी मनाङ एयरको हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले नयाँ नियम जारी गरेको हो । यस्तै प्राधिकरणले हेलिकप्टर तथा दुर्गम उडानको नियमन तथा अनुगमनका लागि ‘स्पेसल टास्क फोर्स’ गठन गर्ने निर्णय गरेको छ ।

    हेलिकप्टर सम्बन्धी हाल विभिन्न विमानस्थलबाट भइरहेको अनुमति कार्य चालु मनसुन सेप्टेम्बरसम्म साप्ताहिक रूपमा समीक्षा गरी प्राधिकरण प्रधान कार्यालयबाट नै प्रदान गरिने छ । हेलिकप्टर उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्छ ।

    यसैगरी, सेयर सदस्य (लगानीकर्ता) का रूपमा हेलिकप्टर कम्पनीमा संलग्न भई हाल सञ्चालन गर्दै आएका हेलिकप्टर चालकहरूलाई व्यावसायिक उडान सञ्चालनमा रोक लगाउने पनि प्राधिकरणले नयाँ नियम लागू गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार