Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा, नयाँ भाडा कहाँ कति ? (सूचीसहित)

    इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा, नयाँ भाडा कहाँ कति ? (सूचीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको हवाई भाडा घटेको छ।

    नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो । घटेको भाडादर भोलिदेखि लागू हुनेछ ।



    आजैबाट लागू हुने गरी आन्तरिकतर्फ १४ रूपैयाँले हवाई इन्धनको मूल्य घटेको थियो । न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ७५० रूपैयाँसम्मले हवाई भाडा घटेको क्यानले जनाएको छ ।



    विराटनगर नेपालगञ्जजको भाडा ७५० रुपैयाँले घटेको हो । योसँगै यसतर्फको रुटमा ७ हजार ३ सय ५ रुपैयाँ भाडादर कायम भएको छ । काठमाडौ-धनगढी ६१५ रूपैयाँले घटेको छ ।

    पोखरा-भद्रपुरको भाडा ५७० रूपैयाँले घटेको छ । विराटनगर-भैरहवा ५५० रूपैयाँ घटेको छ । सोमबार आयात निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो । योसँगै प्राधिकरणले छोटो समयमा तेस्रो पटक हवाई भाडा समायोजन गरेको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार