Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सिम्रिक एयरका अध्यक्ष थापालाई क्यानले गर्‍यो १० हजार जरिवाना

    सिम्रिक एयरका अध्यक्ष थापालाई क्यानले गर्‍यो १० हजार जरिवाना

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण( क्यान)ले सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

    पटक पटक प्राधिकरणको काममा बाधा पुर्‍याएको भन्दै स्रिमिक एयर प्रालिका अध्यक्ष थापालाई १० हजार रुपैयाँ जरिवाना गराइएको हो ।



    थापामाथि प्राधिकरणले नियम र कानून पटक पटक उल्लंघन गरेर उल्टै सुरक्षा निर्देशनहरुको विरुद्धमा श्रृंखलाबद्ध गलत प्रचार गरेर जनतामा भ्रम पैदा गरेको आरोप छ ।



    प्राधिकरणले गर्दै आएको काम र गर्न लागेको काममा बाधा पुर्याएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ को उपदफा (२) बमोजिम १० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

    थापाले प्राधिकरणको विद्यमान नीति निर्णय तथा कार्यादेशको विरुद्धमा विभिन्न सञ्चारमाध्यममा नीतिविरुद्धमा अभिव्यक्ति दिएर सर्वसाधारणमा सन्देह उत्पन्न गराएको प्राधिकरणले जनाएको छ ।

    थापाले वायु सेवा सञ्चालक संघ नेपालको लेटरप्याड दुरुपयोग गरेर बन्द हड्तालमा निषेध गरेको हवाई सेवा बन्द गर्ने धम्की दिइ सबै वायुसेवा कम्पनीलाई प्राधिकरणकाविरुद्धमा उतारी निर्णय कार्यान्वयमा अवरोध गरेको पनि क्यानले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार