Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्राधिकरणले परिवर्तन गर्‍यो तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख

    प्राधिकरणले परिवर्तन गर्‍यो तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 501
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख परिवर्तन गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुधवार सरुवाको निर्णय गरेका हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल महाप्रबन्धकमा जगनाथ निरौलालाई जिम्मेवारी दिइएको छ भने भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतापबाबु तिवारीलाई सरुवा गरिएको छ ।



    निरौला प्राधिकरणका प्रवक्ता थिए भने तिवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक थिए । भैरहवाका विमानस्थल प्रमुख हंसराज पाण्डे प्राधिकरणको मुख्य कार्यालयमा कर्पोरेट डाइरेक्टर भएका छन् ।



    एक हप्ताअघि नै पोखरा विमानस्थल प्रमुख देव चन्द्रलाल कर्ण मुख्य कार्यालयमा सरूवा भई नविना कर्मचार्यलाई पोखराको महाप्रबन्धकको जिम्मेवारी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार