Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्राधिकरणले पहाडी क्षेत्रमा हुने उडानलाई थप सुरक्षित बनाउने

    प्राधिकरणले पहाडी क्षेत्रमा हुने उडानलाई थप सुरक्षित बनाउने

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 501
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रका विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित बनाउने निर्णय गरेको छ।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बिहीबार विज्ञप्ति जारी गर्दै हवाई उडान सम्बन्धी निर्णय सच्चाइएको जनाएका हुन् ।



    प्राधिकरणले बिहीबार निकालेको विज्ञप्तिमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भीएमसी(भीजीबीलीटी एण्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा) कायम भएको सुनिश्चितता पछि प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापछि उडान अनुमति दिने उल्लेख छ।



    एसटीओएल विमानस्थलमा उडान गर्दा प्रत्येक उडानमा सीएए नेपाल सीएआर (२) मा भएको मापदण्डको सुनिश्चितता पश्चात् पीआईसी सम्पूर्ण रुपमा सन्तुष्ट हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

    यसअघि प्राधिकरणले हवाइ सुरक्षाको कारण देखाउँदै आउँदो सेप्टेम्बरसम्म पहाडी जिल्लाका अतिरिक्त उडानहरू बन्द गरेको थियो। साथै हेलिकप्टरहरूलाई पनि उद्धार उडान, सामान ढुवानी लगायतको उडानमा रोक लगाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार