Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोरोनाको घाउमा मलम लगाउदै चीन, थप अक्सिजनसहितका स्वास्थ्य सामग्री तातोपानी आइपुगे

सिन्धुपाल्चोक । उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई कोरोना भाइरस विरुद्दको स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ।

कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन तिब्बत सरकारले आइतबार थप स्वास्थ्य सामग्री तातोपानी नाकाबाट नेपाललाई हस्तान्तरण गरेको नेपालस्थित चिनियाँ राजदूत यान्छीले जानकारी दिएकी छिन्।

उनका अनुसार जसमा ८०० अक्सिजन सिलिन्डर, २०० थान आईसीयू बेड र ५ भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर र १५ हजार थान एन्टिजेन किट रहेका छन् ।

यस्तै, आइतबार नै ५ मिलियन आरएमबी. अतिरिक्त अनुदान सहायताअन्तर्गत चीनले ४० थान पोर्टेवल भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेवल अल्ट्रासाउण्ड र ३० थान एनेस्थेसिया मेसिनलगायत स्वास्थ्य सामग्री पनि चीनले उपलब्ध गराएको छ।

https://twitter.com/PRCAmbNepal/status/1398998438386171906

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077