Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बाँकेमा थप पाँच जना कोरोना सङ्क्रमितको मृत्यु

    बाँकेमा थप पाँच जना कोरोना सङ्क्रमितको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    बाँके। जिल्लाका अस्पतालमा भर्ना भएका थप पाँच जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका दुई र बाहिरी जिल्लाका तीनजना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

    वलीका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, लमजुङ मध्यनेपाल नगरपालिका–४ का ३१ वर्षीय पुरुष र कैलाली घोडाघोडी नगरपालिका–१ का ४० वर्षीया महिलाको मृत्यु भएको छ ।



    यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके राप्ती सोनारी गाउँपालिका–७ का ५० वर्षीया महिला र दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ८३ वर्षीय पुरुषको पनि उपचारको क्रममा गएराती मृत्यु भएको छ ।



    योसँगै बाँकका २९१ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका २८६ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार