Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

    बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २६ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    बाँके। जिल्लामा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    कोहलपुर नगरपालिका-६ की ४० वर्षीय महिलाको मंगलबार साँझ ५ बजेर २० मिनेटमा र बर्दियाको राजापुर नगरपालिका-७ की ८० वर्षीय महिलाको बुधबार बिहान ४ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो।



    यस्तै, प्युठानको प्युठान नगरपालिका-६ का ७२ वर्षीय पुरुषको मंगलबार साँझ साढे ६ बजे उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।



    यससँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०४ पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट आएका मृतकको संख्या ३२४ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार