Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बाँकेमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

    बाँकेमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 2.2K
    SHARES

    बाँके। जिल्लाको विभिन्‍न अस्पतालमा गरेर थप ७ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बुधबार साँझदेखि बिहीबार दिउँसोसम्म यी संक्रमितको मृत्यु भएको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले  जानकारी दिए।

    वलीका अनुसार मृतक मध्ये ३ जना बर्दिया, १/१ जना दाङ, दैलेख, सल्यान र रूकुम का छन् । जसमा भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका-२ बर्दियाका ३४ वर्षीय पुरुषको बुधबार साँझ ७:३० बजे र बढैयाताल गाउँपालिका-३ बर्दियाकै ५५ वर्षीय पुरूषको बुधबार राति ११: ४० बजे मृत्‍यु भएको छ ।



    यस्तै, बाँसगढी गाउँपालिका- ६ बर्दियाका ६६ वर्षीय पुरूषको बिहीबार दिउँसो २:३० बजे युनाइटेड अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्‍यु भएको छ ।



    यसैगरी, तुलसीपुर उपमहानगरपालिका-६ दाङकी ६५ वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा बुधबार राति १०:२० बजे मृत्‍यु भएको छ भने आठबीस नगरपालिका-४ दैलेखकी ३० वर्षीया महिलाको बुधबार राति ११:५५ बजे मृत्‍यु भएको छ ।

    यता, कालिमाटी गाउँपालिका-१ सल्‍यानका ३७ वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार विहान ८:३० बजे मृत्‍यु भएको छ भने बाफिकोट-४ रूकुमका २९ वर्षीय पुरुषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा बिहान १०:१५ बजे मृत्यु भएको छ ।

    योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९६ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका ३०२ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको वलीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार