Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमालेद्वारा स्वाथ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ बर्षसम्मको सजाय तोक्न माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले स्वाथ्यकर्मीमाथि हातपात र आक्रमण गर्नेलाई कडा सजाय हुनुपर्ने माग गरेको छ।

आज एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले स्वाथ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीलाई भेटेर कडा सजाय हुनुपर्ने र त्यसको अवधि ३ देखि ५ वर्षसम्म गर्न माग गरेको हो।

एमालेको स्वास्थ्य प्रमुख खगराज अधिकारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संसोधन गर्न तयार पारिरहेको अध्यादेशमा समेट्न भन्दै दर्जन बढी सुझाव दिएका छन्।

गत बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि नेकपा एमालेमा आबद्द  मानबहादुर रावत, भरत रावत र लोकराज रावतले आक्रमण गरेका थिए। मानबहादुर लुम्बिनी प्रदेश कमिटि सदस्य तथा दाङका नेता हुन् । उनकै नेतृत्वको टोलीले अस्पतालका चिकित्सक र नर्समाथि मध्यराती आक्रमण गरेको खुलिको छ । राउत मुख्यमन्त्री शंकर पोखरेल र ओली समूहकी नेता शान्ता चौधरी निकट व्यक्ति हुन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077