Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रेशम चौधरीको रिहाइका लागि सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति

    रेशम चौधरीको रिहाइका लागि सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ ।

    सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको वार्ता टोली र सभाको तर्फबाट थरुहट/थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट गठन भएको वार्ता टोलीबीच ६ बुँदे सहमति भएको हो ।



    सहमतिमा दुई पक्षबीच टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधाान र कानुनसम्मत पहल गर्ने उल्लेख गरिएको छ।



    त्यस्तै, थरुहट/थारुवान आन्दोलनका क्रममा ज्यान गुमाई राहत नपाएका परिवारलाई राहत दिने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने घाइतेको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ ।

    वार्ता टोलीमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरी रहेका थिए भने थारु कल्याणकारिणी सभाका तर्फबाट वार्ता टोलीमा रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार