Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुष्टिबेगर मृत्युबारे समाचार लेख्ने १० अनलाइनलाई प्रेस काउन्सिलको पत्र (नामावलीसहित)

काठमाडौँ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत रहेकै अवस्थामा विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको भनेर समाचार प्रकाशित गर्ने विभिन्न १० वटा अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही गर्ने भएको छ।

आथिकारिक संस्था वा व्यक्तिहरूबाट पुष्टिबेगर पत्रकार तथा सञ्चारमाध्यमले जिम्मेवारीबोधको समेत ख्याल नगरी मानिसकाे जीवन र स्वास्थ्यजस्तो संवेदनशील विषयमा तथ्यहीन समाचार प्रकाशित गर्ने १० अनलाइनविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन पत्र काटेको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

नेता थापाको आज अपराह्न ४ः२५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । तर, उनको निधनपूर्व  दिउँसो १ः३० बजे नै विना आधार अनलाइनहरूले समाचार प्रकाशित गरेका थिए ।

उक्त तथ्यहीन समाचारबारे काउन्सिलले विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन भएको जनाएको छ।

'आधिकारिक संस्था वा व्यक्तिहरूबाट समेत पुष्टि नभएको अवस्थामा पत्रकार तथा सञ्चारमाध्यमले जिम्मेवारीबोधको समेत ख्याल नगरी स्वास्थ्यजस्तो विषयमा हल्ला अनुमानको भरमा तथ्यहीन, पुष्टि नभएका सामग्री सम्प्रेषण भई पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन भएको छ,’ काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कारबाहीका लागि काउन्सिलले पत्र काटेका अनलाइनमा नेपालखोज डटकम, नेपालवाच डटकम, लाइभ २४ डटकम, जनआस्था डटकम, सञ्चारपाटी डटकम, इसाझावाणीदैनिक डटकम, खोज अनलाइन डटकम, धनकुटाखबर डटकम नेट, सञ्चारकेन्द्र डटकम र पालिका टाइम्स डटकम छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077