Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफ्नै छोरीलाई यौन दुर्व्यवहार गर्ने बुवा पक्राउ

काठमाडौँ। आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने गोरखा घर भएका ३८ वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती पुरुषले डरत्रास धाकधम्की दिई यौन दुर्व्यवहार​ गरेको भन्‍ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।

यता, भक्तपुरमा पनि १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-७ गुण्डु बस्ने ५० वर्षीय हरिकृष्ण कोजुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

कोजुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077