Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अस्पतालमा काम गरेर घर फर्केका स्वास्थ्यकर्मीमाथि प्रहरीद्वारा कुटपिट

मोरङ । अस्पतालमा काम गरेर घर फर्केका स्वास्थ्यकर्मीमाथि प्रहरीले निर्घात रुपमा कुटपिट गरेको छ ।

कोसी अस्पतालका सिनियर अहेब अशोक राजवंशीलाई देवकोटा चोकमा खटिएका प्रहरी टोलीले बिनाकारण एक्कासी कुटपिट गरेको पीडितले वताएका छन्।

अस्पतालमा काम सकेर मंगलबार राति ९ बजे मोटरसाइकलमा घर जाने क्रममा घर प्रहरीले  रोक्न भनेको र आफुले रोक्ने बित्तिकै दुई जना प्रहरीले भाटाले निर्घात रुपमा कुटपिट गरेको राजवंशीले वताएका छन्।

आफु  स्वास्थ्यकर्मी भएको र अस्पतालमा ड्युटी सकेपछि घर जाँदैछु भनेर जानकरी दिँदा पनि एकोहोरो कुटपिट गरिरहेको उनको गुनासो छ ।

प्रहरीको कुटाइबाट राजवंशीको खुट्टा, घुँडालगायत शरीरको विभिन्न भागमा चोट लागेको छ ।

स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङका  प्रमुख एसपी  सन्तोष खड्काले घटनाबारे जानकारी पाए पनि  कुटपिटमा मुछिएका प्रहरीलाई जोगाउन खोजेपछि अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले प्रहरीको माथिल्लो निकायसम्म कुरा पुर्याएका छन्।

त्यसपछि मात्र एसपी खड्काले छलफल गरेर दोशी प्रहरीलाई कारवाही गर्ने आश्वसन मेसु दासलाई दिएको बुझिएको छ।  पीडित अहेब  राजवंशीले दोशी उपर प्रहरीमा जाहेरी दिएका छन् ।

कुटपिट गर्ने प्रहरीलाई भने अहिलेसम्म कारवाही गरिएको छैन। कुटपिट गर्ने प्रहरीहरु एसपी खड्कासँग नजिक रहेका कारण  शुरुमा यो घटनालाई मिलापत्र गराउन खोजिएको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077