Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राजेन्द्र लिङ्देनको बाबुरामलाई प्रश्न - हत्यारा ज्ञानेन्द्र हुन् भनेर लेख्नु भएको होइन ?

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई प्रश्न गरेका छन्। पूर्वप्रधानमन्त्री भट्टराईले राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २०बर्ष भैसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुन नसकेको भन्दै छानविन गर्न आयोग गठन गर्नुपर्ने सुझाव दिएको बेला सांसद लिङ्देनले प्रश्न गरेका हुन्। सामाजिक सञ्जालमा अध्यक्ष भट्टराईले लेखेको लेखमाथि प्रश्न गर्दै सांसद लिङ्देनले भनेका छन्, दरवार हत्याकाण्ड लगत्तै हत्यारा ज्ञानेन्द्र हुन भनेर लेख्नु भएको होइन ? कत्रो भ्रम बाँड्नु भएछ ? कत्रो अन्याय भयो होला राजा ज्ञानेन्द्र माथि ? त्यस्तै, सांसद लिङ्देनले प्रधानमन्त्री तपाई पनि बन्नुभयो । यो बिषय उठाउनु भएन / २०बर्षपछि छानवीन आयोगको कुरा उठाउनु भएछ;आखिर तपाईं पनि भ्रममै त हुनुहुँदोरहेछ। यसअघि भट्टराईले लेखेका थिए, 'राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको२०बर्ष भैसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुननसक्नु र आरोपप्रत्यारोपको शृंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्रनिम्ति शोभनीय हैन।राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानवीन आयोग गठन गरी यो रहस्य सदाकोनिम्ति अन्त्य गरौं !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077